डाक्टर कुट्नेमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

डाक्टर कुट्नेमाथि अनुसन्धान गर्न ३ दिन म्याद थप


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । हेटौँडा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न आज तीन दिनको म्याद थप गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सञ्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्नका लागि सो अदालतबाट म्याद थप गरिएको जानकारी दिइएको छ ।

पीडित चिकित्सकले दिएको जानकारी र सिसि क्यामेराका आधारमा पक्राउ परेकामाथि अनुसन्धान र कारबाही हुने प्रहरीले जनाएको छ । 

घटना विवरणअनुसार गत साउन २५ गते डेङ्गु रोगबाट सङ्क्रमित हेटौँडा-१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर आक्रोशित मृतक प्रधानका आफन्तले चिकित्सकद्वय डा थापा र विडारीमाथि बुधबार हातपात तथा कुटपिट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस