काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको विवादित रकम भुक्तानी समय थप गरेको छ ।
पटक पटक रकम उठाउने सूचना गर्दै स्थगन गर्दै आएको प्राधिकरणले १७ गते एक सूचना निकालेर १५ दिनभित्र बक्यौता भुक्तानी गर्न भन्दै सूचना निकालेको थियो ।
तर, बिहीबार एक सूचना निकालेर पुनः म्याद थप गर्दै प्राधिकरणले एक महिना भित्र बक्यौता भुक्तानी गर्न भनेको हो । २०७२ सालदेखिको बक्यौता विवादमा १७ भदौमा प्राधिकरणले ताकेता गरेपछि उद्योगी व्यवसायीहरूले प्रधानमन्त्री गुहार्न पुगेका थिए ।
लगत्तै प्रधानमन्त्रीले सो विवाद हाललाई थाती राख्न भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फोन गरेका थिए ।