चिकित्सक सङ्घद्धारा डाक्टर कुट्नेविरूद्ध प्रहरीमा जाहेरी « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चिकित्सक सङ्घद्धारा डाक्टर कुट्नेविरूद्ध प्रहरीमा जाहेरी


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । हेटौँडास्थित सञ्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट गर्नेविरूद्ध नेपाल चिकित्सक सङ्घले जाहेरी दिएको छ।

शुक्रबार बिहान १० बजेतिर सङ्घले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए।

उनले हिजै जाहेरी दिने भनिए पनि विभिन्न पक्षसँग छलफल गर्दा ढिला भएको उल्लेख गर्दै आज बिहानमात्र जाहेरी दर्ता गरेको बताए।

गत बुधबार बिहान १० बजे उक्त घटना भए पनि दुई दिनसम्म कसैले पनि जाहेरी दिएको थिएन भने प्रहरीले पनि आक्रमण गर्नेलाई पक्राउ गरेको थिएन। जबकि घटनापछि आक्रमण गर्ने र कुटाइ खाने चिकित्सक दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सँगै राखेर छलफल गराएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस