सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आज शुक्रवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा शर्माको नाम अनुमोदन गरेको हो ।

शर्मालाई न्याय परिषद्को गएको भदौ १० गते बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उहाँलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यसैबीच शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो भावी योजना प्रस्तुत गर्ने क्रममा उनले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने बताएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस