सडक अनुशासन उल्लङ्घन गर्ने एक लाख १७ हजार बढीलाई कारबाही « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सडक अनुशासन उल्लङ्घन गर्ने एक लाख १७ हजार बढीलाई कारबाही


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा सडक अनुशासन उल्लङ्घन गर्ने एक लाख १७ हजार चार सय ६८ लाई कारबाही गरिएको छ ।

सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को आज भएको बैठकमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चालु आवको हालसम्म सडक अनुशासन उल्लङ्घन गर्ने एक लाख १७ हजार चार सय ६८ लाई कारबाही गरिएको जानकारी दिए । 

उनका अनुसार आव २०७८-७९ मा पाँच लाख चार हजार पाँच सय ९७ र आव २०७९-८० मा आठ लाख ९५ हजार ६१ लाई कारबाही गरिएको थियो । बैठकमा उपरीक्षक भट्टले एक जना ट्राफिक प्रहरीले एक दशमलव ८७ किलोमिटर सडक क्षेत्रमा करिब एक हजार छ सय ४८ सवारीसाधन व्यवस्थापन गर्नुपरेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस