इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि हुँदैन : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि हुँदैन : ओली


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिवङ्गत संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन्।

नेकपा (एमाले)को संसदीय दलको बैठकलाई बिहीवार सम्बोधन गर्दै उनले स्वर्गीय नेम्वाङ सफल राजनेताको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताएका हुन्।

उनले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने दाबी गरेका छन्। उनले नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद चलाएको र संसदको गरिमा बढाएको बताए।

अध्यक्ष ओलीले नेम्वाङ संविधान र कानुन उल्लङ्घन गर्नु नहुने मान्यतामा रहेको बताए।

उनले भने, ‘अहिलेसम्मको इतिहासमा हेर्ने हो भने उहाँसँग कसैको तुलना हुँदैन। उहाँ चुनिएपछि वास्तवमै दलिय स्वार्थभन्दा माथि उठेर, वास्तवमै संसदीय गरिमा बढाउन, संवैधानिक इमान्दारिता र कानुनको हिसाबले चल्नुपर्छ। आफूले आफैलाई पनि कानुनमा बाँध्नुपर्छ। कानुनको उल्लङ्घन गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो। र उहाँ एउटा सफल राजनेताको रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त हुनुहुन्थ्यो।’

Tags :
प्रतिक्रिया दिनुहोस