पर्वतमा ‘किङकोब्रा’ भेटियो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पर्वतमा ‘किङकोब्रा’ भेटियो


२८ भाद्र २०८०, बिहिबार


पर्वत । पर्वतको कुश्मा नगरपालिका-१० पिपलटारीमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन (किङ कोब्रा) भेटिएको छ ।

चिन्नेखोला नजिकै रहेको बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि भएपछि उद्धार सुरु गरिएको छ ।

डिभिजन वन कार्यालय पर्वत र पोखराबाट आएको सर्प विज्ञ टोलीले दुलोभित्र पसेको सर्पको खोजी गरिरहेको वडा नं १० का वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए ।

यसअघि कुश्मा नगरपालिका-८ कटुवाचौपारी र वडा नं १२ ठुली पोखरीमा पनि राजगोमन भेटिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस