दीपक मनाङ्गेसहिच १७ जना नेकपा एसको केन्द्रीय परिषद् सदस्यमा मनोनीत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दीपक मनाङ्गेसहिच १७ जना नेकपा एसको केन्द्रीय परिषद् सदस्यमा मनोनीत


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राजीव गुरुङ (दीपक मनाङ्गे)लाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको छ ।

भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै अध्यक्ष माधव नेपालले केन्द्रीय परिषद्मा मनाङ्गेसतित १७ सदस्य मनोनीत गरेको जनाएका छन् ।

मनाङको प्रदेश सभा २ बाट स्वतन्त्र निर्विरोध निर्वाचित भएका मनाङ्गेले गत मंसिरमा नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

मनाङ्गेसहित केन्द्रीय परिषदमा चिरञ्जीवी पाण्डे-स्याङ्जा, अच्युत पाण्डे-नुवाकोट, दिनेश रावल-पाल्पा, नवराज अर्याल-धादिङ, समसुद्दिन सिद्धिकी-बाँके, भद्रप्रसाद देवकोटा-बाँके, हेमन्त रेग्मी-कैलाली, रमेशबाबु श्रेष्ठ-रामेछाप, अमृतसागर बस्नेत-ओखलढुङ्गा, हरि खड्का, विकेश लामा र संग्राम लामा-काभ्रे रहेका छन् । 

यस्तै पदम थापा-झापा,  सूर्य पाख्रिन-सिन्धुली, भीमबहादुर-भारत प्रवास र प्रा.डा. होमबहादुर बडुवाल-म्याग्दी रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस