राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्त्येष्टि « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राजकीय सम्मानका साथ सुवास नेम्वाङको अन्त्येष्टि


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । सुवास नेम्वाङको राजकीय सम्मानसाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

बालुवाटारस्थित घरबाट नेम्वाङको पार्थिव शरीरलाई पशुपतिस्थित आर्यघाट लगेर बिहीबार मध्याह्न अन्त्येष्टि गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन्।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए। नेम्वाङलाई श्रद्धाञ्जली दिन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत पनि आर्यघाट पुगेका थिए।

यसअघि नेम्वाङको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय च्यासल र बालुवाटारस्थित घरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस