Logo २५ कार्तिक २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चिकित्सा आयोगका उपाध्यक्षद्वारा पार्टी सदस्यता र पदीय जिम्मेवारी त्यागेको घोषणा


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अञ्जनी कुमार झाले आयोगको उपाध्यक्षका लागि आवेदन दिनु अगाडि नै राजनीतिक दलको सदस्यता, संस्थाको लगानी र पदीय जिम्मेवारी त्यागेको बताएका छन् । उनले कुनै पनि स्वार्थ समूहको दबाबमा नपरी काम गर्ने र पदीय दायित्व बहन गर्न नसकेमा पद त्याग गर्नेसमेत बताएका छन् ।

क्यान्सर रोग विशेषज्ञ प्रा.डा. झा यही भदौ २६ गते चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । उनी नेपाली काँग्रेस निकट नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको पूर्वकार्यकारी अध्यक्षसमेत हुन् । उनी भक्तपुरको ताथलीस्थित नालारोडमा रहेको काठमाडौं क्यान्सर सेन्टरको लगानीकर्तामध्येका एक हुन् ।

मन्त्रिपरिषद्ले झालाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरेपछि डा. गोविन्द केसीले विज्ञप्ति जारी गरी स्वार्थ समूहको दबाबमा झा नियुक्त भएको भन्दै निष्पक्ष कार्य सम्पादनमा आशङ्का गरेका थिए ।

आज झाले प्रेस विज्ञप्ति जारी गर्दै ‘आयोगको उपाध्यक्षका हैसियतले कुनै स्वार्थ समूहको दबाबमा नपरी पूर्ण रूपमा निस्वार्थ, निष्पक्ष र जबाफदेही कार्य सम्पादन गर्ने’ बताएका छन् । ‘तथा कुनै पनि खालको दबाब वा प्रभावका कारण आम नागरिकको हित हुने गरी पदीय दायित्व वहन गर्न नसकेमा कुनै पनि बेला पदत्याग गर्ने वाचा गर्न चाहन्छु,’ उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

यसभन्दा अगाडि उनले विज्ञप्तिमा लेखेका छन्, ‘आयोगको उपाध्यक्ष नियुक्तिको प्रक्रिया शुरु हुनु अगाडि राजनीतिक दल र चिकित्सा सम्बन्धी निजी शिक्षण संस्थामा मेरो संलग्नता थियो । तर स्वार्थको द्वन्द्व नहोस् भनेर आयोगको उपाध्यक्ष पदका लागि आवेदन दिनुअगाडि नै म राजनीतिक दलको सदस्यता र ती संस्थाको लगानी र पदीय जिम्मेवारी दुवैबाट अलग भइसकेको छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस