काठमाडौँ र ललितपुरमा ३ दिन विद्युत् अवरुद्ध हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ र ललितपुरमा ३ दिन विद्युत् अवरुद्ध हुने


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्युचाटार-टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको छ । तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ।

टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

त्यस्तै ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के ३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस