बलात्कार मुद्दामा सिद्ध बाबाले पाए सफाइ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बलात्कार मुद्दामा सिद्ध बाबाले पाए सफाइ


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । जिल्ला अदालत सुनसरीले सिद्ध बाबा भनिने कृष्णदासलाई महिला अनुयायीमाथि जबरजस्ती करणी गरेको मुद्दामा सफाइ दिएको छ । 

न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बुधबार सो मुद्दाबाट दासलाई सफाइ दिएको हो । यस अघि पनि गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।

जिल्ला अदालतको फैसलामाथि उच्च अदालत विराटनगरले सिद्ध बाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले बदर गरिदिएको थियो ।

उच्च अदालतले बदर गरेपछि सो मुद्दा पुन जिल्लामा फर्किएको थियो । उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले जिल्लाको फैसला बदर गरेको हो ।

सो इजलासले पीडित र पीडक पक्षबीच भएको भ्वाइस कलको परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गर्न र पीडित र पीडक पक्षका साक्षीको बकपत्र गर्न र प्रमाणहरू बुझेर पुन इन्साफ गर्न आदेश दिएको हो । २०७६ कात्तिक ४ गते राति सिद्ध बाबाले जबरजस्ती करणी गरेको पीडितले दाबी गरेकी छन् ।

उनले २०७६ मङ्सिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । जाहेरी पछि गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस