२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकको परीक्षामा ४९ प्रतिशत सिट आरक्षण, ५० प्रतिशतमा महिला

अ+ अ-

काठमाडौँ । सरकारले शिक्षकको परीक्षामा ४९ प्रतिशत पदमा आरक्षण दिने प्रस्ताव गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बुधबार संघीय संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति गरिने पदमध्ये ४९ प्रतिशतमा आरक्षण दिने प्रस्ताव गरिएको छ ।

हाल लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायत सरकारी सेवाका पदहरूमा आरक्षणका लागि ४५ प्रतिशत सिट छुट्याउने गरिएको छ । तर विद्यालय शिक्षासम्बन्धी विधेयकमा आरक्षणको नयाँ व्यवस्था गरिएको हो । आरक्षणका लागि छुट्याइएका पदमध्ये ५० प्रतिशत महिलाका लागि छुट्याइएको छ । महिलाका लागि छुट्याइएको पदभित्र पनि विभिन्न समूहका महिलाहरुबीच मात्र प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ ।

जसमा खस आर्य महिलालाई २७.७ प्रतिशत, आदिवासी जनजाति महिलालाई २५.७ प्रतिशत, मधेशी महिलालाई १५.३ प्रतिशत, दलित महिलालाई १२.७ प्रतिशत, थारु महिलालाई ६.६ प्रतिशत, अपाङ्गता भएका महिलालाई ४ प्रतिशत, पिछडिएको क्षेत्रका महिलालाई ४ प्रतिशत र मुस्लिम महिलालाई ४ प्रतिशत आरक्षणको प्रस्ताव गरिएको छ ।

कुनै समूहको महिलाका लागि छुट्याइएको पदमा कुनै पनि उम्मेदवार उत्तीर्ण हुन नसकेमा अर्को समूहमा महिलाका लागि भएको परीक्षा पास गरेका तर सिफारिस हुन नसकेकामध्ये धेरै अङ्क पाउने उम्मेदवार सिफारिस हुने व्यवस्था गरिएको छ ।

आरक्षणका लागि छुट्याइएको बाँकी ५० प्रतिशत पदमा विभिन्न समूहलाई प्रतिशतका आधारमा आरक्षण तोकिएको छ । जसमा आदिवासी जनजातिलाई ३२.५ प्रतिशत, मधेशीलाई १९ प्रतिशत, दलितलाई १५.५ प्रतिशत, विपन्न खस आर्यलाई १० प्रतिशत, थारुलाई ९ प्रतिशत, पिछडिएको क्षेत्रका बासिन्दालाई ५ प्रतिशत, मुस्लिमलाई ५ प्रतिशत, अपाङ्गता भएका व्यक्तिलाई ४ प्रतिशत आरक्षण दिइएको छ ।

प्रतिक्रिया दिनुहोस