राष्ट्रपति पौडेल र इजरायली राजदूतबीच शिष्टाचार भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति पौडेल र इजरायली राजदूतबीच शिष्टाचार भेटवार्ता


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग इजरायलका राजदूत हानन गोदर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् ।

उनीहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले इजरायल सरकारले नेपाललाई विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी एवम् कृषि तथा सहकारी क्षेत्रमा सहयोग प्रदान गरेकोमा खुशी व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अघि बढ्ने कुरामा विश्वस्त रहेको बताएका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस