एसिया कप : श्रीलंकाविरुद्ध टस जितेर ब्याटिङ गर्दै भारत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसिया कप : श्रीलंकाविरुद्ध टस जितेर ब्याटिङ गर्दै भारत


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । उपाधिको प्रमुख दाबेदार भारतले एसिया कपको सुपर फोर खेलमा श्रीलंकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । श्रीलङ्काको कोलम्बोमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

भारतले टोलीमा एक परिवर्तन गरेको छ । स्पिन आक्रमण मजबुत बनाउन शार्दूल ठाकुरको स्थानमा अक्षर पटेलले मौका दिएको छ ।

श्रीलङ्काले भने टोलीमा कुनै परिवर्तन गरेको छैन । सुपर फोरमा दुवै टोली लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

भारत यस खेलमा विजयी भएमा एक खेल अगावै ४ अङ्कका साथ फाइनलमा पुग्नेछ । भारतले सुपर फोरमा पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो ।

श्रीलङ्का पनि भारतलाई हराउँदै सुपर फोरमा लगातार दोस्रो जित हात पार्न चाहन्छ । सुपर ओभरमा बङ्गलादेशलाई श्रीलङ्काले २१ रनले हराएको थियो ।

भारत विजयी हुँदा ४ अङ्क फाइनलमा पुग्न पर्याप्त हुनेछ । त्यसपछि श्रीलङ्का र पाकिस्तान मध्य एक टोली मात्रै ४ अङ्कमा पुग्न सक्नेछन् । भारत विजयी हुँदा बिहीबार श्रीलङ्का र पाकिस्तानबीचको खेल फाइनलमा पुग्न निर्णायक बन्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस