काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।
२५ भदौ सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको जनाएको छ ।
साथै सोही बैठकले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।