लिबियामा आँधी र बाढीका कारण कम्तीमा २ हजार जनाको ज्यान गयो « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

लिबियामा आँधी र बाढीका कारण कम्तीमा २ हजार जनाको ज्यान गयो


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । लिबियामा विनाशकारी आँधी र बाढीका कारण कम्तीमा दुई हजार जनाको ज्यान गएको छ । पूर्वी लिबिया सरकारका नेताले दुई हजारभन्दा बढी मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको बताएका बीबीसीले जनाएको छ ।

लिबिया मामिलाका विज्ञ जलेलले बीबीसीलाई बताएअनुसार ज्यान गुमाउनेको सङ्ख्या हजारौँ पुग्न सक्छ । गएको आइतबार ड्यानियल आँधीका कारण सङ्कट उत्पन्न भएको हो ।

आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यु जारी भएको छ भने विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको खबरमा उल्लेख छ । डेरनाका दुई वटा बाँध पनि भत्किएको र त्यस क्षेत्रमा झन्डै १० हजार जना मानिस बस्ने अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस