नेम्वाङको पार्थिव शरीर भोलि दिउँसोसम्म च्यासलमा राखिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेम्वाङको पार्थिव शरीर भोलि दिउँसोसम्म च्यासलमा राखिने


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीर भोलि दिउँसोसम्म च्यासलमा राख्ने निर्णय भएको छ ।

आज बसेको एमाले सचिवालय बैठकले भोलि दिउँसोसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर एमाले मुख्यालयमा राख्ने निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अबका तीन दिनसम्म सबै कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने र आउँदो असोज २ गते श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि पार्टीले गरेको छ ।
]

Tags :
प्रतिक्रिया दिनुहोस