नेम्वाङ सुख दुःखको साथी हुनुहुन्थ्यो : अध्यक्ष ओली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेम्वाङ सुख दुःखको साथी हुनुहुन्थ्यो : अध्यक्ष ओली


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हितैषी मित्र र सुख दुःखको साथीका रूपमा स्मरण गरेका छन् ।

मंगलबार नेम्वाङको निधनपछि सामाजिक सञ्जाल फेसबुकमा उनले नेम्वाङलाई मृदुभाषी, विनम्र, शालीन व्यक्तित्वका रूपमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनु भएको योगदान सधैँ सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी ! ’

नेम्वाङको अप्रत्याशित निधनले स्तब्ध भएको जनाउँदै ओलीले नेम्वाङको जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस