आज महासचिव पोखरेल स्वदेश फर्किँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज महासचिव पोखरेल स्वदेश फर्किँदै


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज चीनबाट फर्किने भएका छन् ।

पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनको कारणले उनी आफ्ना सबै कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्कन लागेको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उनीसहित पार्टीको उच्चस्तरीय टोली यही भदौ १७ गते चीनमा भ्रमणमा गएको थियो । उनका अनुसार महासचिव पोखरेलले आजै छिङ्हाइको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनु हुनेछ ।

स्वदेश फर्कन टिकट पाएका अवस्थामा भ्रमण दलको सबै सदस्य पनि आजै फर्किने विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस