नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि आज र भोलि च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

सोमबार राति करिब १ बजेको समयमा हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उनको ७१ वर्षको उमेरमा निधन भएको हो।

नेम्वाङको शवलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ ।

एमालेका उपाध्यक्ष नेम्बाङ इलाम क्षेत्र-२ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका थिए। उनी पाँचौं पटक विजयी बनेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस