नक्कली महसहित एक जना पक्राउ  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नक्कली महसहित एक जना पक्राउ 


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य मह उत्पादन तथा विक्री वितरण गर्ने एक जनालाई धनगढीबाट पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-२ फनपार्क स्थित रमेशकुमार सैजुको कच्ची टहरामा भाडामा बस्दै आएका भारतीय नागरिक जुमाइदिन अन्सारीलाई चिनी पगालेर मह भन्दै बिक्रीका लागि राखेको सामग्रीसहित पक्राउ गरिएको हो । 

कार्यालयले प्लास्टिकको डिब्बामा प्याक गरी राखेको पगालेको चिनीको रस चार सय किलो, बिना महको माहुरीको चाका ५ किलो, कुट दुई किलो, एक थान कडाइ र चिनी ५० किलो बरामद गरिएको कार्यालयले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीसहित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, धनगढी उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले जुमाइदिनलाई पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस