जोकोभिचलाई कीर्तिमानी २४औं ग्रान्डस्लामको उपाधि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जोकोभिचलाई कीर्तिमानी २४औं ग्रान्डस्लामको उपाधि


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । सर्बियाका नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् ।

३६ वर्षीय जोकोभिचले सोमबार विहान न्युयोर्कमा सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन् ।

यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि हो । यो जित पछि उनले मारगरेट कोर्टको कीर्तिमानसँग बराबरी गरेका छन् ।

जोकोभिचले १० पटक अष्ट्रेलियन ओपन, ७ पटक विम्बलडन ओपन, ४ पटक यूएस ओपन र तीन पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस