हाथवे इन्भेष्टमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

हाथवे इन्भेष्टमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ ।

सीडीएसका अनुसार लगानीकर्ताले आज भदौ २५ गते कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।
यसमा भदौ २४ गते साँझ ५:०७ बजेसम्ममा १० लाख १० हजार ३४ जना आवेदकले २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन परिसकेको छ ।

यो मागभन्दा ९.९६ गुणा बढी आवेदन हो। कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो। जसमध्ये २% अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ।

यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ। बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस