भारत र पाकिस्तानबीचको खेल आज पुन: हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारत र पाकिस्तानबीचको खेल आज पुन: हुँदै


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । हिजो (आइतबार)वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ ।

स्थानीय समय अनुसार खेल साढे २ बजे सुरु हुनेछ। आइतबार खेल वर्षाका कारण रिजर्भ डे मा गएको हो।

कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो । आज भारतले खेल यहीबाट शुरु गर्नेछ । भारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ राखिएको थियो । त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट शुरु हुनेछ ।

आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक/एक अङ्क बाँड्नेछन् । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले भने सुपर फोरको पहिलो खेल खेलेको हो ।

जारी एसिया कपमा भारत र पाकिस्तान दोस्रो पटक आमने सामने भएका हुन्। समूह चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस