२२ गतेको सूचना २४ गते मात्रै सार्वजनिक, ७ दिने म्यादमा दुई दिन गायब ! « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

२२ गतेको सूचना २४ गते मात्रै सार्वजनिक, ७ दिने म्यादमा दुई दिन गायब !


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । सरुवा मन्त्रालयका रूपमा चित्रित संघीय मामिला तथा सामान्य प्रशासनले सात दिने म्याद राखेर प्रकाशित गरेको सूचना दुई पछि मात्रै सार्वजनिक गरेको भेटिएको छ । मन्त्रालयले आइतबार दिउँसो ३ बजेर नौ मिनेट ४७ सेकेन्डमा मोफागा डट जीओभी डट एनपीमा एउटा रिक्त स्थानीय तहमा खटिन इच्छुक कर्मचारीहरूले निवेदन पेश गर्ने सम्बन्धी सूचनामा दुई दिन पछि मात्रै अपलोड गरेको हो । 

सात दिने अर्थात् २०८० भाद्र २८ गतेसम्म निवेदन दिन भन्दै जारी गरेको सूचनाको मितिमा २०८०/०५/२२ गते लेखिएको छ । यसले मन्त्रालय प्रविधिसँग कति सजग छ भन्ने कुरा त दर्साउँछ नै, सबैलाई जानकारी पुगोस् भन्ने भन्दा पनि औपचारिकता मात्रै निर्वाह गरेको झल्किन्छ । 

खुसुखुसु सरुवा गर्ने र त्यसैगरी सदर बदर गर्ने गरेको गुनासो कर्मचारीमा व्यापक छ । पछिल्लो समय हरेक दिन जसो सरुवा हुने गरेको मन्त्रालय स्रोत बताउँछ तर त्यो सूची भने गुपचुप राखिने र भित्रभित्रै अनेकथरी मिलाएर चलखेलसमेत गर्ने गरेको अधिकारी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस