डा. भगवान् कोइरालाले अबदेखि वीर अस्पतालमा बिरामी जाँच्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डा. भगवान् कोइरालाले अबदेखि वीर अस्पतालमा बिरामी जाँच्ने


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)बाट अवकाश पाएका वरिष्ठ मुटु शल्य चिकित्सक प्रा.डा. भगवान् कोइराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका छन् ।

अबदेखि उनले न्याम्समा भिजिटिङ प्रोफेसरको रूपमा शैक्षिक कार्यक्रम र वीर अस्पतालबाट मुटु उपचार सेवा प्रदान गर्नेछन् । ‘वीर नेपालको ऐतिहासिक अस्पताल हो । नेपालमा मुटु सेवा जग वीरबाट सुरुवात भएको थियो ।

डा. कोइराला पछिल्लो समय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरबाट सेवा दिएका थिए । उमेर हदका कारण उनी सोही संस्थाबाट गत ९ साउनमा अवकाश पाएका थिए ।

अब वीरबाट मुटुको ओपिडी र शल्यक्रिया सेवालाई नियमित रूपमा गर्ने योजना भएको उनले बताए ।

डा. कोइरालाले वीरमा दुई दिन ओपिडी र दुई दिन शल्यक्रिया गर्ने योजना रहेको बताए । डा. कोइराला पछिल्लो समय गैर नाफामूलक रूपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) परियोजना सञ्चालन गर्ने योजनामा लागेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस