चिनियाँ राजदूतको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत : शशाङ्क कोइराला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चिनियाँ राजदूतको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत : शशाङ्क कोइराला


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले चिनियाँ राजदूत छन् सोङले केही दिनअघि दिएको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत भएको औँल्याएका छन् ।

नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले गम्भिरतापुर्वक लिनुपर्ने बताए ।

उनले चीन र भारत दुवै मित्र राष्ट्र भएकाले एकले अर्काको बारेमा टिप्पणी गर्नु भन्दा कूटनैतिक मर्यादामा रहेर कूटनैतिक सम्बन्ध राम्रो बाउन पर्नेमा जोड दिए ।

नेपाली काँग्रेसमा चरम गुटबन्दी भएकाले समस्या भएको बताउँदै काँग्रेसको गुटबन्दी रोक्न सबै एक हुन आवश्यक रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस