महासचिव पोखरेलद्वारा कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महासचिव पोखरेलद्वारा कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन


२३ भाद्र २०८०, शनिबार


काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गरेको छ ।

सो अवसरमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले गरेको सङ्घर्ष र असाधारण बलिदानको जगमा उभिएको चीनको गौरवमय वर्तमानलाई नजिकबाट बुझ्न सङ्ग्रहालयले सहयोग गरेको धारणा व्यक्त गरेको एमाले प्रचार विभाग सदस्य राजेश राईले जानकारी दिए । महासचिव पोखरेलले सङ्ग्रहालयले चिनियाँ कम्युनिष्ट पार्टीको गौरवमय इतिहासलाई जीवन्त राखेको उल्लेख गरे ।

“चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका अग्रजले छिचोलेर आएको बाटो तथा देखाएको उज्यालोलाई सङ्ग्रहित गरिएको यस सङ्ग्रहालयले इतिहासको सम्झना र अग्रजप्रति सम्मान जगाएको छ”, महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै सदस्य राईले भने । । महासचिव पोखरेलसहित पार्टीको उच्चस्तरीय टोली यही भदौ १६ गते चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस