‘गगनसँग मुद्दामा एकै ठाउँमा छु, सभापतिको दौडमा अहिलेदेखि लाग्न जरुरी छैन’ « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

‘गगनसँग मुद्दामा एकै ठाउँमा छु, सभापतिको दौडमा अहिलेदेखि लाग्न जरुरी छैन’


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगन थापासँग आफ्नो कुनै असमझदारी नभएको प्रष्ट पारेका छन् । शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एजेन्डामा आफूहरू एकै ठाउँमा रहेको बताए ।

उनले भने, ‘कहिलेकाहीँ कुनै विषयमा म र गगनबीच पनि फरक मत हुन सक्छ । म अलि मध्यमार्गी छु । तर हामी एजेन्डामा सँगै छौँ । कुनै असमझदारी छैन ।’

उनले पार्टीको महाधिवेशन विधानअनुसार ०७८ मंसिरमा महाधिवेशन भएकोले अब १५ औँ महाधिवेशन ०८२ भित्रै हुनुपर्ने बताए ।

उनले भने, ‘गगनजी नै क्रियाशील सदस्यता छानबिन समितिमा हुनुहुन्छ । त्यसैले पनि समयमै महाधिवेशन हुन्छ भन्ने विश्वास छ ।’

उनले महाधिवेशन आउन अझै अढाइ वर्ष बाँकी भएकोले अहिलेदेखि नै दौडिन आवश्यक नभएको बताए । उनले अहिले संसदीय दलमा शेरबहादुर देउवाको बहुमत भएकाले सम्भव नहुने बताए । अहिले आफूहरू ४० प्रतिशत मात्रै भएकोले १५ औँ महाधिवेशनबाट ६० प्रतिशत पुर्‍याउन जोड दिनुपर्ने बताए ।

उनले अहिले मुलुकको राजनीतिक आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक अवस्था ठिक नभएको उल्लेख गर्दै अराजकता बढेको गुनासो गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस