शेयर बजार २९ अङ्कले घट्यो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

शेयर बजार २९ अङ्कले घट्यो


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ । शेयर बजार आज २९ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार २८ दशमलव ९२ अङ्कले घटेर एक हजार नौ सय ३२ दशमलव ४५ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, होटेल, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै बाराही पावर कम्पनीको शेयर झन्डै १० प्रतिशत तथा सिटिजन्स म्युचल फन्ड २ र अपर सोलु हाइड्रोको शेयर नौ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज ३७ लाख ६९ हजार कित्ता शेयर एक अर्ब १५ करोड नौ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनीको छ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस