वडाध्यक्ष रिजालको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वडाध्यक्ष रिजालको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त


२१ भाद्र २०८०, बिहिबार


deuba

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै देउवाले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका हुन् ।

देउवाले स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्‍याएको सक्रिय योगदानको स्मरण पनि गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस