सात दिन मनाइने गाईजात्रा आजदेखि सम्पन्न « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सात दिन मनाइने गाईजात्रा आजदेखि सम्पन्न


२० भाद्र २०८०, बुधबार


भक्तपुर। भक्तपुरमा गत भदौ १४ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व आजदेखि सम्पन्न भएको छ । जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेपछि सम्पन्न भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै सात दिनसम्म गाईजात्रा मनाउने गरिन्छ । गाईजात्रादेखि आजसम्म प्रत्येक दिन अपराह्न भक्तपुरमा घिन्ताङघिसी नाचसँगै हनुमान नाच, माक प्याख नाच, जङ्गली नाच, व्यङ्ग्यात्मक कार्टुन, प्लेकार्ड, प्रदर्शन गर्दै टोलटोल घुमाइएको थियो । 

त्यसैगरी आजै भैरव मन्दिरमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर नारायणलाई बत्तीसमेत दिएका छन् । श्रीकृष्ण जन्माष्टमीसमेत रहेकाले नारायणको पूजा गरी नारायण बत्ती बालेर आज भक्तपुरका बालबालिका एवं युवाले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, टौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेको थियो ।

आज टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि विधिवत्रुपमा गाइजात्रा सम्पन्न भएको मानिने जोशीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस