काठमाडौँ ‘सिंहदरवार’ जस्तै अब जनकपुरमा ‘जनक दरवार’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँ ‘सिंहदरवार’ जस्तै अब जनकपुरमा ‘जनक दरवार’


२० भाद्र २०८०, बुधबार


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरू एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रूपमा जनक दरवार निर्माण गर्ने बताएका छन् ।

बुधबार जनकपुरधामको बेंङ्गाशिवपुरमा श्रीकृष्ण जन्माष्टमी मेला तथा कलश यात्राको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधामको बाउन्न बिघा जमिनमा प्रदेशको हरेक मन्त्रालय र मुख्य प्रशासनिक इकाई बनाएर जनक दरवारको रूपमा स्थापित गर्ने बताए ।

काठमाडौँको सिंहदरवार जस्तै प्रदेशको मुख्य केन्द्रको रूपमा अब जनक दरवार स्थापित हुने उनको दाबी छ । उनले जनक दरवार बनाउने निर्णय चार महिना पहिले नै गरेर प्रधानमन्त्री कार्यालयलाई बुझाइसकेको र स्वीकृति पाउने बित्तिकै निमार्ण कार्य अगाडि बढाउने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस