‘प्रचण्ड’ले बोलाएपछि एमाले अध्यक्ष ओली सिंहदरवारमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘प्रचण्ड’ले बोलाएपछि एमाले अध्यक्ष ओली सिंहदरवारमा


१९ भाद्र २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओली शर्माबीच सिंहदरवारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले बोलाएपछि अध्यक्ष ओली मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

सिंहदरवार स्रोतका अनुसार संसदमा छलफल क्रममा रहेका विधेयकलगायत विषयमा दुई नेताबीच कुराकानी भएको छ ।

प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणहरुको सेरोफेरोमा छलफल भएको हुन सक्ने बुझिएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच झन्डै एक घन्टा छलफल चलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस