सहसचिव १३९ दिनदेखि सम्पर्कविहीन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सहसचिव १३९ दिनदेखि सम्पर्कविहीन


१९ भाद्र २०८०, मंगलबार


काठमाडौँ । एक सहसचिव १३९ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत प्राविधिकतर्फका सहसचिव डा. कमलराज गैरे गत वैशाख २ गतेदेखि बिना जानकारी गैरहाजिर रहेका हुन् ।

मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै बिदा स्वीकृत बेगर सहसचिव अनुपस्थित भएपछि उनीमाथिको कारबाही प्रक्रिया अघि बढाएको छ ।

बिना जानकारी लगातार ९० दिन पदाधिकार रहेको कार्यालयमा अनुपस्थित रहेकाले निजामती सेवा ऐन, २०४९ अनुसार ३५ दिनको समय दिएर उनलाई सफाइ पेश गर्न भनिएको मन्त्रालयले जनाएको छ ।

सफाइ पेश नगरे कानूनबमोजिम थप कारबाही प्रक्रिया अघि बढ्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

निजामती सेवा ऐनमा ९० दिनभन्दा बढी गैरहाजिर कर्मचारीलाई सफाइ पेश गर्न समय दिने र उक्त अवधिमा चित्त बुझ्दो प्रष्टीकरण नदिएमा वा सम्पर्कमा नआएमा जागिरबाट बर्खास्त गर्न सकिने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस