एमाले लुम्बिनीको नयाँ नेतृत्व चयनका लागि आज मतदान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले लुम्बिनीको नयाँ नेतृत्व चयनका लागि आज मतदान


१९ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । सोमबार रातिदेखि नै मतदान हुने भनिएकोमा मंगलबार बिहान हुने गरी स्थगित भएको थियो ।

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन् ।

पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका र प्युठानका रिजाल महासचिव शङ्कर पोखरेल समूहका मानिन्छन् । कँडेल प्रदेश कमिटीको वर्तमान अध्यक्ष र रिजाल केन्द्रीय सदस्य छन्। सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् ।

सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरूमा चुनाव हुन लागेको हो । चुनावले ५ पदाधिकारीसहित २०५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिए पनि चुनावी प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लाग्ने भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा चलिरहेको एमालेको लुम्बिनी प्रदेश अधिवेशनका लागि १२ वटै जिल्ला र विभिन्न २३ वटा जनसङ्गठनहरूबाट छानिएका गरी १ हजार ४ प्रतिनिधिहरू सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस