काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा निवेदक पक्षको बहस सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ सुरु भएको हो ।
अब मङ्गलवार प्रतिवादी कोशी सरकारका पक्षको बहस हुनेछ ।