२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंकले ल्यायो ग्राहकको लागि चेक जम्मा गर्ने मेसिन

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंकले, मेसिनबाटै चेक साट्ने सेवा आरम्भ गरेको छ । मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने गरी सोमबारदेखि चेक डिपोजिट र क्यास डिपोजिट सेवा आरम्भ गरेको हो ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका आइएमी ग्रुपका अध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सो बैंकको कमलादीस्थित केन्द्रिय कार्यालयबाट क्यास तथा चेक सेवाका लागि नयाँ डिजिटल सेवाको शुभारम्भ गरेका हुन् ।

ग्राहकको समस्यालाई बुझेर चेक जम्मा गर्ने मेसिनको व्यवस्था गरेको बताएका गरिएको उनले बताए । यो सुविधा भएपछि बचत र लाईन बस्नु पर्ने झन्झटबाट मुक्त गर्ने उनको विश्वास छ । उनले भने,‘ग्राहकलाई छिटो भन्दा छिटो सेवा दिने उदेश्यले चेक जम्मा गर्ने मेसिन मार्फत सुरुवात गरेको छ । यसले आम ग्राहकलाई सेवा दिने र बैंकको काउन्टरमा भिड लाग्नबाट र समय बचाउन मदत गर्छ । ’

उनले यसले ग्राहकहरूलाई सेवा दिने र हरेक हिसाबले अब्बल हुनको लागि यस्ता सेवाहरू लयाएको बताएका छन् ।
बैंकले नवीनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग विनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् ।

करिब २ मिनेटमा ग्राहकले जम्मा गरेको ग्राहकको खातामा जम्मा हुने बैंकले जनाएको छ । ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै मसिनबाटै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले क्यास डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि काठमाडौँको न्यूरोड र कमलादी तथा काठमाडौं बाहिर इटहरी, नारायणघाट र बुटवल तथा चेक डिपोजिटर कमलादी, न्यूरोड र कुलेश्वर तथा काठमाडौं बाहिर विरगजं र पोखरामा राखिएको जनाएको छ ।
एकपटकमा एक लाख रुपैयाँसम्म डिपोजिट गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस