प्रतिनिधिसभा बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रतिनिधिसभा बैठक बस्दै


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक १ बजेका लागि बोलाइएको छ ।

संघीय संसद् भवन सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ ।

साथै, सभामुख देवराज घिमिरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस