कँडेल र रिजालले गरे एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि उम्मेदवारी दर्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कँडेल र रिजालले गरे एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि उम्मेदवारी दर्ता


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको सन्देश दिन निर्देशन दिएपछि नेताहरू छलफलमा जुटेका थिए ।

तर दुवै आकाङ्क्षी एक अर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको छ ।

दुवैले उम्मेदवारी दर्ता गरेका छन् । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।

उम्मेदवारी दर्ताको समय भोलि बिहान १० बजेसम्म छ ।

Tags :
प्रतिक्रिया दिनुहोस