काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतलाई सीआईबीले गरेको त्रुटि सच्याउन पत्राचार गरेको छ ।
जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्रीले पूर्वमन्त्री चन्द्रदेव जोशीको हकमा सीआईबीले पठाएको बिगो फरक परेको भन्दै सच्याउन सीआईबीले पत्र पठाएकाले अदालतलाई आग्रह गरेका हुन् ।
अभियोग पत्रको पृष्ठ ६२९ को दसौँ र चौधौँ हरफमा जोशीविरुद्ध ६३ करोड रुपैयाँको बिगो रकम लेखिएकोमा एक करोड ८ लाख ७९ हजार ८१० रुपैयाँ कायम गरिदिन सीआईबीले आग्रह गरेपछि जिल्ला अदालतलाई आग्रह गरिएको हो ।
यससँगै जोशीविरुद्ध ६२ करोडको बिगो घटेको छ ।
त्यस्तै, अभियोग पत्रको पृष्ठ नं ६६१ मा प्रतिावादीहरुको नाममा विनीता अधिकारी र सोह्रौँ हरफमा सुधिरा अधिकारी भट्टराईको नाम टाइप त्रुटिका कारण कपिपेष्ट भएको भन्दै सो पनि सीआईबीले हटाउन आग्रह गरेको हो ।
ललिता निवास प्रकरणले उच्च अधिकारीविरुद्ध मुद्दा दायर भइसकेको छ ।
