सभामुख घिमिरे र अमेरिकी सिनेटर होलेनबीच शिष्टाचार भेट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सभामुख घिमिरे र अमेरिकी सिनेटर होलेनबीच शिष्टाचार भेट


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । सभामुख देवराज घिमिरे र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच आइतबार शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरवाररस्थित सभामुखको कार्यकक्षमा भेट भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदान प्रदानका विषयमा छलफल भएको थियो ।

भेटमा सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासंग दौत्य सम्बन्ध स्थापना भए पश्चात् नेपाल र अमेरिकाको सम्बन्ध सुमधुर रहेको बताए । उच्चस्तरीय भेटघाटको आदानप्रदानले दुई देशबीचको सम्बन्ध र बुझाईलाई थप मजबुत बनाउने दुवैले विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस