नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीविरुद्ध रिट दर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीविरुद्ध रिट दर्ता


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ।

प्राधिकरणको निर्णयका कारण हवाई उडान नहुँदा हुम्लामा नाबालकको मृत्यु भएपछि महानिर्देशक अधिकारीविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको हो।

अधिवक्ता गणेशबहादुर ओलीले आइतबार प्राधिकरणका महानिर्देशक अधिकारी समेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

प्राधिकरणले साउन १२ गते देशका विभिन्न २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउनेसहित पाँच बुँदे निर्णय गरेको थियो।

अधिवक्ता ओलीले हचुवाको भरमा गरिएको निर्णयका कारण हुम्ला, सिमकोट गाउँपालिका(६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको रिटमा उल्लेख गरेका छन्। 

‘उडान अनुमति नदिने गरी गरेको निर्णयका कारण मिति २०८० साउन २६ गते हुम्ला जिल्ला सिमकोट गाउँपालिका(६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनारको थप उपचारको लागि अस्पतालबाट रिफर गरेको र प्राधिकरणको निर्णय कार्यान्वयनको क्रममा हवाई सेवा प्रदायकले उडान नगर्दा मृत्यु भएको थियो,’ रिटमा भनिएको छ, ‘सो घटनाको कारण व्यापक जनदबाब र राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएपश्चात् निर्णयबाट पछि हटेको थियो।’

साउन ३२ गते ४ बुँदे निर्णय गरे पनि आफ्नो गल्ती ढाकछोप गरी आफू जिम्मेवारीबाट पन्छिन उक्त निर्णय गरिएको रिटमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस