Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बाँदर नियन्त्रण गर्न ‘परिवार नियोजन’ र बँदेल मारेर खाने नीति ल्याउनुपर्छ : आरजु राणा 


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । काँग्रेस सांसद आरजु राणा देउवाले बाँदर नियन्त्रणका लागि परिवार नियोजन गर्नुपर्ने बताएकी छन् । 

किसानहरू बाँदरबाट पीडित रहेको भन्दै देउवाले बाँदर नियन्त्रण गर्न  ‘परिवार नियोजन’ र बँदेल मारेर खाने नीति ल्याउनुपर्ने बताएकी हुन् । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी देउवाले बाँदर नियन्त्रणका लागि नयाँ उपायको खोजी गर्नुपर्ने भन्दै यस्तो उपाय सुझाएकी हुन् । 

सिंहदरवारमा आइतबार बसेको समितिको बैठकमा उनले बाँदरको संख्या घटाउनका लागि परिवार नियोजन पनि विकल्प हुनसक्ने धारणा राखेकी छन् । 

सांसदहरुले बाँदर तथा बँदेलले अन्नबालीमा क्षति पुर्‍याएका कारण उत्पादन घटेको, किसान भोकमरीको सिकार हुने अवस्था रहेको भन्दै क्षतिपूर्ति दिलाउन समिति लाग्नुपर्ने बताएका थिए । 

उनले भनिन्–‘यो संवेदनशील विषय हो किनभने मानिसको खाना नै क्षति भइरहेको छ । बाँदरको पहिलादेखि समस्या थियो, बँदेलको पनि समस्या रहेछ । मानिस र जनावरको द्वन्द्वमा के चाहिँ गरिराछ ? संरक्षण गर्नु राम्रो हो, म एकदमै संरक्षण अभियन्ता नै हो । तर मान्छेले खान नपाउनेगरी संरक्षण गरेर त फाइदा छैन ।’ 

उनले थपिन्, ‘कलिङको एउटा प्रिन्सिपल हामीले ल्याउनुपर्‍यो । किनभने बँदेल त खान्छ नि मान्छेले, बाँदर त खाँदैन । बाँदरलाई त फ्यामेली प्लानिङ गरे हुने रहेछ । भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । उनीहरूको पनि हाम्रोमा जस्तै समस्या थियो रे, परिवार नियोजन गरेर दुई तिन वर्षमा नियन्त्रण भएछ । त्यसकारण हामीले वन्यजन्तु विभागलाई केही चाहिँ गरेर ल्याऊ भन्नुपर्‍यो । मान्छेले खानै नपाउने भएपछि समस्या भयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस