पूर्वसचिव उपाध्यायले माफी मागेपछि मुद्दा फिर्ता लिने सहमति « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पूर्वसचिव उपाध्यायले माफी मागेपछि मुद्दा फिर्ता लिने सहमति


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । पूर्वसचिव भीम उपाध्याय र चितवन भरतपुर महानगरपालिका-१६ की पूर्णीमाया गुरुङबीच मुद्दा फिर्ता लिने सहमति भएको छ ।

पूर्वसचिव उपाध्यायले माफी मागी आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोराउने प्रतिबद्धता व्यक्त गरेसँगै मुद्दा फिर्ता लिने सहमति भएको हो ।

पूर्वसचिव उपाध्यायले गुरुङको फोटोसहित सामाजिक सञ्जाल फेसबुकमा गोरुको मासु खाने भनेर पोष्ट गरेपछि विवाद बढेको थियो ।

आज काठमाडौँमा भीम उपाध्यायसँग सहमति भएपछि गुरुङ उपाध्यायविरुद्ध दिएको उजुरी पनि फिर्ता लिने भएकी छन् । काठमाडौँको तमु छोज धीँ, गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयमा उपाध्यायले माफी मागेपछि उनले सहमति पत्रमा हस्ताक्षर गरेकी थिइन् ।

तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद् चितवनको संयोजनमा तमु हयुल छोज धी गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समिति र तमु प्ये ल्हुँ सङ्घ चितवनका पदाधिकारीहरूको रोहबरमा उनीहरुबीच सहमति भएको हो ।

उनीहरुबीच भविष्यमा यस्ता किमिसका विषयलाई एक अर्कामा कुनै पनि आरोप प्रत्यारोप नगर्ने एक अर्काबीचको सहमतिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस