२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६० दशमलव ७८ मा सीमित भएको छ ।

यस्तै, ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शून्य नौ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलव ६२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज गिरावट देखिएको छ ।

विभिन्न कम्पनीका कूल ४० लाख ५३ हजार तीन सय ६८ कित्ता शेयर रु. एक अर्ब १८ करोड ६६ लाख १८ हजार चार सय १० मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा सोल्टी होटेल शीर्ष स्थानमा छ । सो कम्पनीको रु. तीन करोड ८८ लाख ८८ हजार एक सय छ मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै आइएमइ लाइफ इन्स्योरेन्स रु. तीन करोड ७६ लाख ४१ हजार नौ सय ४६, सिटी होटेल रु तीन करोड ७४ लाख दुई हजार सात सय ८०, माछापुच्छ्रे  बैंक रु. तिन करोड ४९ लाख ६६ हजार तीन सय दुई र एभरेष्ट बैंक रु. तीन करोड २३ लाख ४३ हजार सात सय ५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सिक्लेस हाइड्रोपावर पाँच दशमलव ५६, प्राइम बैंकको ऋणपत्र चार दशमलव शून्य तीन, बुद्धभूमि नेपाल हाइड्रोपावर एक दशमलव ९६ र सिटिजन म्युचुअल फण्ड दोस्रोको शेयर मूल्य एक दशमलव ९१ प्रतिशतले बढेको छ । 

यस्तै लिवर्टी इनर्जी र सिटी होटेलको शेयर मूल्य १० प्रतिशतले ओरालो लाग्दा नकारात्मक सर्किट लागेको छ । ग्रीन भेञ्चर्स आठ दशमलव ७९, थुकेली बुखरी स्मल हाइड्रोपावर आठ दशमलव ३९ र सामलिङ पावर कम्पनीको शेयर मूल्य सात दशमलव २२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस