२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली समाजको रूपान्तरणका लागि योगदान गर्ने बाहेक मेरो अन्य कुनै उद्देश्य छैन : प्रधानमन्त्री दाहाल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी : विशेष रूपान्तरण अभियानको उद्घाटन गरेका छन् । अभियानको उद्घाटन गर्दै संघर्ष र आन्दोलनभन्दा पर आफ्नो जीवन नरहेको बताएका उनले अब नेपाली समाजको रूपान्तरणका लागि योगदान गर्ने बाहेक आफ्नो अन्य कुनै उद्देश्य नभएको दाबी गरेका छन् ।

शनिबार बिहान उक्त अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तनका लागि आफूले संघर्ष र आन्दोलन गर्दै आएको उल्लेख गर्दै आफ्नो जीवनमा अबको बाटो नेपाली समाजको रूपान्तरणका लागि योगदान गर्ने मात्रै भएको दाबी गरे ।

उनले भने, ‘मैले बारम्बार भन्दै आएको छु,मेरो जीवन संघर्ष र आन्दोलन भन्दा पर छैन । देश र जनताप्रति समर्पित हुँदै नेपाली समाजको रूपान्तरणका लागि योगदान गर्ने बाहेक मेरो अन्य कुनै उद्देश्य पनि छैन ।’

उनले आफूले प्रधानमन्त्री भएदेखि नै लिएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको पक्षमा लिएको प्रतिज्ञालाई नतोड्ने पुन प्रतिबद्धता जनाए । त्यस्तै उनले क्रान्ति देखि शान्तिसम्मको यात्रामा आफ्नो हरेक समय,पाइला र पल जनताको पक्षमा बितेको दाबी गरे ।

‘जीवनको युवा अवधिदेखि मेरो पूर्ण समय क्रान्ति ,परिवर्तन र जनताको पक्षमा बित्यो । अब जनताले चाहेको सुशासन,समृद्धि र सामाजिक न्यायको क्षेत्रमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिज्ञा मैले लिएको छु । हिजो क्रान्तिको क्षणमा होस या आज शान्तिको क्षणमा मेरा हरेक पाइला,हरेक क्षण ,हरेक समय देश र जनताकै पक्षमा बितेका छन्,’ दाहालले भने ।

साथै,अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले इतिहासकै राम्रो काम गरेका कारण राजनीतिक दल र नेतृत्वप्रतिको निराशालाई आशामा परिणत गराएको चर्चा गरे ।

उनले जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको भन्दै प्रचण्डले भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण,सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानबिन र कारबाहीले जनतामा उत्साह आएको दाबी गरे मात्र गरेनन् अभियानले माओवादी देशको सबैभन्दा बलियो शक्ति बन्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस