एमाले महासचिव पोखरेल नेतृत्वको टोली आज चीन जाँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एमाले महासचिव पोखरेल नेतृत्वको टोली आज चीन जाँदै


१६ भाद्र २०८०, शनिबार


Shankar pokhrel

काठमाडौँ । नेकपा एमालेका महासचिव २२ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन भ्रमणमा जाने भएका छन् ।

१२ दिने भ्रमणका लागि शनिबार राति महासचिव पोखरेल नेतृत्वको टोली चीन जान लागेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति चीनतर्फ प्रस्थान गर्न लागेको उनले बताए । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता छन् ।

भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने र सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने प्रमुख गौतमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस