हाम्रो नक्साको छिमेकीले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हाम्रो नक्साको छिमेकीले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । सरकारले नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई छिमेकीहरूले सम्मान गर्नु पर्ने बताएको छ ।

२८ अगस्टमा चीनले जारी गरेको नयाँ नक्साका बारेमा आफ्नो धारणा स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट रहेको बताएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति सावैनजिक गर्दै भनेको छ, ‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार विश्वास गर्छ ।’

मन्त्रालयले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।

चीनले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश छैन ।

चीनले सार्वजनिक गरेको नयाँ नक्सामा आफूहरूको भूभाग समेटिएको भन्दै भारत,  फिलिपिन्स र मलेसियाले पनि आपत्ति जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस